नेपाल टी-२० विश्वकपमा
काठमाडाैं | असोज २९, २०८२
काठमाडौं: नेपाली क्रिकेट टोली लगातार दोस्रो पटक टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा पुगेको छ ।
ओमानमा जारी इस्ट एसिया प्यासिफिक क्वालिफायरबाट नेपाल लगातार दोस्रो पटक टी(२० विश्वकपको टिकट काट्न सफल भएको हो ।
नेपालसँगै इस्ट एसिया प्यासिफिक क्वालिफायरको आयोजक टोली ओमानले पनि विश्वकपको यात्रा तय गरेको छ।
जारी प्रतियोगितामा नेपाल र ओमानको समान ६ अंक छ । तर नेट रनरेटका आधारमा ओमान अगाडि छ । यस्तोमा बुधबार नै नेपाल र ओमानबीच भिडन्त हुँदैछ ।
बुधबार भएको खेलमा यूएईले साओमालाई पराजित गरेसँगै नेपाल र ओमानले दुई खेल खेल्नुअघि नै विश्वकप यात्रा तय गरेका हुन् ।
विश्वकप छनोटको ट्रफी जित्न नेपाल ओमानलाई जित्नै पर्ने दबाबमा छ। बुधबारको प्रतिस्पर्धा ‘डु एण्ड डाइ’ जस्तै भएको भन्दै कप्तान रोहित पौडेलले बताएका हुन्।
समूह चरण र सुपर सिक्समा अपराजित रहँदै दुवै टिमले तालिकामा ६–६ अंक जोडेका छन् । रनरेटका आधारमा ओमान शीर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ ।
कप्तान पौडेलले ट्रफी जित्न ओमानलाई हराउनुपर्ने र त्यसका लागि सबै खेलाडी उत्सकु भएको प्रष्ट पारेका छन् । उनले नेपाली खेलाडीमा ओमानविरुद्ध जित निकाल्ने भोकसमेत रहेको प्रष्ट पारेका छन् ।
नेपाल तेस्रो पटक विश्वकपमा पुगेको हो। नेपालले यसअघि सन् २०१४ र २०२४ को विश्वकप खेलको थियो। नेपालले लगातार दोस्रो पटक विश्वकप खेल्न लागेको हो। अब नेपालले भारत र श्रीलंकामा २०२६ मा हुने टी–२० विश्वकप खेल्नेछ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

